आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु, १९४५ जनामा नयाँ संक्रमण

गोकर्णेश्वर खबर५ मंसिर २०७७, शुक्रबार १६:३१ मा प्रकाशित (३ साल अघि) २३२ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार थपिएका १ हजार ९ सय ४५ जनासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ जनाले कोरोना जितेका छन् । यो संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

अहिले देशभर कुल २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयकाअनुसार अहिलेसम्म देशभर कुल १६ लाख ४३ हजार ८ सय ९९ नमूनाको पिसिआर परीक्षण भएको छ ।