आज: १२ मंसिर २०७७, शुक्रबार | Fri, 27, Nov, 2020

उद्योग वाणिज्य महासंघमा दुई समूहको उम्मेदवारी घोषणा

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १५:१३ मा प्रकाशित (३ हफ्ता अघि) ४९ पाठक संख्या

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान समूहले उम्मेदवारी घोषणा गरेका हुन् ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रधानले वरिष्ठ उपाध्यक्षका लागि सोमबार आफ्नो उम्मेदबारी घोषणा गरेका हुन् । पछिल्लो २८ वर्षदेखि उद्योग बाणिज्य क्षेत्रमा सक्रिय भएर लागेको बताउँदै प्रधानले महासंघलाई मन्दिर सम्झेर काम गर्ने बताए । प्रधानले आफ्नो समूह उद्योगी व्यवसायीको समस्या समाधान गर्न सक्षम रहेको दाबी गरेका छन् ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरे । यसअघि बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल समूहले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

ढकालको समूहबाट जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षतर्फ वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाईले उम्मेदबारी घोषणा गरेका थिए ।