आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण मुक्त

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार ०७:२५ मा प्रकाशित (३ साल अघि) ३६३ पाठक संख्या

एजेन्सी- स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।

युभेन्ट्सका स्टार स्ट्राइकर रोनाल्डो शुक्रबार कोरोना संक्रमणबाट मुक्त भएको युभेन्टसले जनाएको छ ।

रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ । कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् ।

नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन् ।

नेसन्स लिग अन्तर्गत स्वीडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।