आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

अष्ट्रेलियाको मेलबर्नमा लगाइएको लकडाउन १११ दिनपछि अन्त्य

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १२:१८ मा प्रकाशित (३ साल अघि) २६३ पाठक संख्या

मेलबर्न – अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् ।

लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । ‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,’ स्थानीय एक बासिन्दाले भने ।

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् । उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् ।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।

सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।

भिक्टोरिया अष्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको केन्द्र बनेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै जुलाई ९ देखि दोस्रोपटक लकडाउन गरिएको थियो । लकडाउनविरुद्ध प्रदर्शनसमेत भएको थियो । संक्रमण दर घटेसँगै लकडाउन खुकुलो बनाउँदै लगिएको थियो ।