आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,६९८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२ कार्तिक २०७७, आईतवार १६:४४ मा प्रकाशित (३ साल अघि) ४७५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । तथ्याङ्कमा आरोह अवरोह भए पनि संक्रमितको संख्या बढेको हो । पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंमा १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १ सय ३० जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ४२ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ९२ हजार १ सय ६६ जना कोरोना मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ७ सय ३९ जनाले ज्यान गुमाएका छन् ।