आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नवनियुक्त मन्त्रीहरूको सपथ आज

गोकर्णेश्वर खबर२९ आश्विन २०७७, बिहीबार ०७:२१ मा प्रकाशित (३ साल अघि) २४९ पाठक संख्या

नवनियुक्त मन्त्रीहरूको सपथ बिहीवार (आज ) हुने भएको छ ।

कार्यालय स्रोतका अनुसार पुनर्गठनमा परेका नयाँ मन्त्रीहरूले आज सपथ गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । मन्त्रिमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलको मन्त्रालय खालि भएको छ ।

उनलाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफै समक्ष राखेका छन् । पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन ।

यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् ।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।