आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काठमाडौं महानगरमा ११,४३९ कोरोना संक्रमित : यी हुन् संक्रमित धेरै भएका क्षेत्र (सूचीसहित)

गोकर्णेश्वर खबर२२ आश्विन २०७७, बिहीबार ०५:५१ मा प्रकाशित (३ साल अघि) ६९४ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट भएको छ । काठमाडौं उपत्यकाको एउटा स्थानीय तह काठमाडौं महानगरपालिकामा मात्रै ११ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये ३ हजार ६ सय ८९ जना कोरोना संक्रमित आआफ्नो घरमा नै छन् । संक्रमितमध्ये ६ हजार ३ सय ५३ जना कोरोना मुक्त भएका छन् । ८६ जनाले महानगरमा ज्यान गुमाएका छन् ।

काठमाडौं महानगरको वडा नं. ३ महाराजगञ्जमा ५ सय ७७ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ५ सय ९२ जना, वडा नं. १३ कालिमाटीमा ६ सय ७ जना, वडा नं. १४ कलंकीमा ६ सय ४० जना र वडा नं. १५ स्वयम्भूमा सबैभन्दा धेरै ९ सय ६३ जना संक्रमित रहेका छन् । त्यस्तै वडा नं. १६ सोह्रखुट्टे र आसपासको क्षेत्रमा ७ सय ९४ जना र वडा नं. ३२ कोटेश्वरमा ५ सय ९५ जना कोरोना संक्रमित छन् । महानगरमा ज्यान गुमाउनेमा स्वयम्भू र आसपासको क्षेत्रमा सबैभन्दा धेरै ८ जनाले ज्यान गुमाएका छन् ।

अन्य क्षेत्रको अवस्था कस्तो छ ?