आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपाल प्रहरीका ४,१४१ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?

गोकर्णेश्वर खबर१३ आश्विन २०७७, मंगलवार ०६:२३ मा प्रकाशित (३ साल अघि) २९२ पाठक संख्या

काठमाडौं । देशभर नेपाल प्रहरीका ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीमा अहिलेसम्म ४ हजार १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २ हजार २ सय ७९ जना संक्रमणमुक्त भइसकेका छन् भने १ हजार ८ सय ६२ जना उपचाररत रहेका नेपाल प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित उपत्यकाका प्रहरी बनिरहेका छन् । हाल उपत्यकामा ६ सय ९५ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा १ सय ३५, बागमती प्रदेशमा १ सय २३, गण्डकी प्रदेशमा १ सय ५८, प्रदेश नम्बर ५ मा १ सय ५५, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८६ जना नेपाल प्रहरीका अधिकृत तथा जवानहरु संक्रमित भएर उपचाररत छन् ।

संक्रमित सबैको अवस्था सामान्य रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।