आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट १३३ को मृत्यु : साढे २१ हजार संक्रमित, कुन जिल्लामा कति ?

गोकर्णेश्वर खबर१३ आश्विन २०७७, मंगलवार ०६:१३ मा प्रकाशित (३ साल अघि) ३७६ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार उपत्यकामा अहिलेसम्म २१ हजार ५ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ११ हजार ७ सय ५६ जना संक्रमणमुक्त भइसकेका छन् भने ९ हजार ६ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै ७ हजार ८ सय १६ जना संक्रमित काठमाडौंका मात्र रहेका छन् । ललितपुरमा ९ सय १९ जना र भक्तपुरमा ८ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौमा ९२ जना, भक्तपुरमा २० जना र ललितपुरमा २१ जना गरी १ सय ३३ जनाको निधन भएको छ ।