आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ७२४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१० आश्विन २०७७, शनिबार १७:४५ मा प्रकाशित (३ साल अघि) २८९ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८३ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७८ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ७ जनासहित देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको बताए ।

संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ६७ जनाको ज्यान गएको छ ।