आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु (सूचीसहित)

गोकर्णेश्वर खबर९ आश्विन २०७७, शुक्रबार १६:५३ मा प्रकाशित (३ साल अघि) २७१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ५सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या ७० हजार पुगेकाे छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका  १ हजार ३ सय १३   जनासहित देशभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५१ हजार ८ सय ६६ निको भएर घर फर्किएका छन् ।