आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६४५ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर९ आश्विन २०७७, शुक्रबार १६:४६ मा प्रकाशित (३ साल अघि) २८९ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय देशभरको आधा भन्दा धेरै संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ४५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभर पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका  १ हजार ३ सय १३   जनासहित देशभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५१ हजार ८ सय ६६ निको भएर घर फर्किएका छन् भने  ५सय ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।