आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा डिजिटल प्रोफाइल र अनलाइन पेमेण्ट सिस्टम सुरु

गोकर्णेश्वर खबर६ आश्विन २०७७, मंगलवार १०:३३ मा प्रकाशित (३ साल अघि) ७८४ पाठक संख्या

काठमाडौं, असोज ६। गोकर्णेश्वर नगरपालिकाले सुचना प्रबिधिमा आधारित हाम्रो सेवा गोकर्णेश्वर बासीको सर्वांगीण विकासमा टेवा भन्ने मूल नाराको साथमा डिजिटल प्रोफाइल  तथा अनलाइन पेमेन्ट सिस्टम समबन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले शुभकामना मन्तब्य राख्दै  समय बलवान रहेको बताए। उनले हिजोको भन्दा थप परिस्कृत ,परिमार्जित र जनतालाई बोध गर्ने तरिकाले  सेवा दिन सकेको खण्डमा छिटो छरितो प्रभाबकारी सेवाको अपेक्षा आम नगरबासीले गरिरहेको र त्यस्तो आवश्यकता पूर्ति गर्ने अभियानमा जनप्रतिनिधिहरुको टिमले नगरका सेवालाइ मर्यादित र प्रभाबकारी बनाउदै जनताको पहुँचमा पुर्याउनुपर्छ ,नया प्रबिधिको उपयोग गरेर सेवा प्रवाह सक्नु पर्छ भन्दै त्यस किसिमको जनताको घर आगनको सरकारको प्रत्याभूतिदिन प्रदान गरेका सेवाको माध्यम बाट गुणस्तरको माध्यम बाट र त्यसमा प्राप्त गरेको लाभको माध्यम बाट र त्यसले जनताको जीवनमा पारेको सामाजिक आर्थिक पक्षका सकारात्मक प्रभाबका माध्यम बाटअनुभूति गर्न पाउनुपर्छ भन्ने पबित्र भावनाका साथ् कार्यक्रम स्वीकृत भई त्यसकै कार्यन्वयनका सन्धर्भमा नगरपालिकाको तर्फ बाट एउटा डिजिटल प्रोफाइल बिगत वर्ष बाट नै तयार भएको जानकारी दिए ।

उनले नगरले पारित गरेका नगरले राखेको सो कार्यक्रममा डिजिटल प्रोफाइल निर्माण गर्ने त्यसलाई व्यवस्थित र मर्यादित बनाउने सन्धर्भमा योगदान पुर्याउने सबैलाई धन्यबाद दिएका थिए उनले  कर्मचारीको दायित्व भनेको जुन किसिमको अवधारणाले  डिजिटल प्रोफाइलको भावना  विकास भयो नगर क्षेत्रका सम्पूर्ण तथ्यांक, सेवा प्रवाहलाइ चाहिने आवश्यकिय कुराहरु र सम्पूर्ण नगरको  बस्तुस्थितिको बारेमा प्रोफाइलले ब्यक्त गरेको बताए । उनले जुन मर्म र उदेश्यका साथ  प्रोफाइलको निर्माण गरियो भोलि कार्यन्वयनका चरणमा प्रत्येक वडा कार्यलय ,  नगर कार्यपालिका बिषय गत शाखा लगायतको तर्फ बाट सबै कर्मचारीहरुले यो हाम्रो काम हो भनेर त्यसमा लाग्नु दायित्व  भएको बताए।

उनले जनतालाइ नगर बाट छिटो छरितो सेवा प्रदान गर्नको लागि अनलाइन प्रणाली बाट सेवा सुचारु गर्न लागेको पनि बताए ।सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो नगरपालिकामा आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात गर्न लागेको पनि बताए। उनले हजारौ माइलको यात्रा पनि पहिलो पाइला बाट सुरु हुने भन्दै उनले अनलाइ प्रणाली समयसामयिक उपयोगी बिषय रहेको बताए। उनले सो प्रणाली एकैदिनमा शुरुवात गर्न नसकिए पनि क्रमिक रुपले कार्यन्वयनको चरणमा प्रवेश गर्नु महत्वपुर्ण रहेको बताए। उनले काम गर्दै जाँदा आउने सुझाब सल्लाह सदैब ग्रहण गर्दै अघि बढ्ने बताए  ।

कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई डिजिटल प्रोफाइल तथा अनलाइन पे मेन्ट प्रयोगको  बारेमा प्रस्तुतीकरण गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता  बढ्ने बिश्वास ब्यक्त गरेका  थिए  । कोभिड– १९ को महामारीको यस समयमा सम्भावित सङ्क्रमणबाट बच्न व्यक्ति/व्यक्तिबीच भौतिक दूरी कायम राख्न पनि यो प्रविधिले ठूलो सहयोग पुग्ने  उनले बताए । सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो नगरपालिकामा आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात गर्न लागेको पनि बताए। उनले सिस्टम ल्याउनु एउटा पक्ष भए पनि त्यो   सिस्टमलाइ कार्यन्वयनमा ल्याउनु ठुलो  कुरा भएको बताउदै   त्यसको लागि सबैजनाको सहयोग आवश्यक भएको पनि बताए ।

भिडियो-