आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काँग्रेस नेता भोजबहादुर गुरुङ(शिकन्दर)को निधन

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार २१:४३ मा प्रकाशित (३ साल अघि) २२१ पाठक संख्या

कास्की । नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ(शिकन्दर)को निधन भएको छ ।

काँग्रेसका महासमिति सदस्य समेत रहेका नेता शिकन्दर लोकतान्त्रिक आन्दोलनका एक अथक र निडर योद्धा मानिन्थे ।
कास्कीको भदौरेमा जन्मेका नेता सिकन्दर राजनैतिक बृत्तमा निःस्वार्थ नेताको रुपमा परिचित छन् ।

निरंकुशता विरुद्धको आन्दोलनमा अग्रणी भूमिका खेलेका शिकन्दर बीपी कोइरालाको पालादेखि शेरबहादुर देउवाको राजनीतिक यात्रामा सँगै यात्रा गरेका नेताको रुपमा चिनिन्छन् ।