आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा ५ जनासहित कोरोनाबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु (सूचीसहित)

गोकर्णेश्वर खबर२७ भाद्र २०७७, शनिबार १७:५१ मा प्रकाशित (३ साल अघि) २९९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ जनासहित १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ पुरुष र ३ महिलाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

हेर्नुस् कुन जिल्लामा कति ?

नेपालमा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए । संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।