आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

अब कोरोनाको उपचार नेपालमै बनेको रोबोर्टले गर्ने

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार २२:५३ मा प्रकाशित (३ साल अघि) २४३ पाठक संख्या

भक्तपुर । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि नर्सिङ रोबोर्ट परिचालन हुने भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने जानकारी दिएको छ ।

नगरपालिकाले सञ्चलन गरिरहेको ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा तीनवटा नर्सिङ रोबोटलाई कोरोना संक्रमितको उपचारमा परिचालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

अस्पतालले रोबोटको परीक्षण सम्पन्न गरिसकेको जनाएको छ । असोजको पहिलो सातादेखि नै कोरोना उपचारमा नर्सिङ रोबोट प्रयोगमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिनेगरी तयारी गरेको हो ।

रोबोटमार्फत सेवा दिन अस्पतालले नेपाली युवाले निर्माण गरेको तीनवटा रोबोर्टका लागि करिब १५ लाख बजेट खर्च हुने जनाएको छ ।