आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अनौठो : नाकमा दाँत पलाएपछि…

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार १०:२१ मा प्रकाशित (३ साल अघि) १२६५ पाठक संख्या

एजेन्सी- मानिसको शारीरिक विकासका क्रममा नियमित भन्दा फरक वृत्तिविकास भयो भने हामीलाई अनौठो लाग्छ ।

यस्तै अनौठो देखिने एक व्यक्ति छन् चीनका । उनको नाममा दाँत पलाएको छ । सुरुमा थाहा नभएको यो समस्याले समस्याले श्वास फेर्न कठिन हुन थालेपछि अस्पताल पुग्दा मात्र नाकमा पनि दाँत पलाएको खुलेको हो ।

ती युवकको नाकमा पनि दाँत देखेपछि चिकित्सक नै चकित भएका थिए । उनले एक्स रे गरे र भने तिम्रो नाकमा दाँत आएको छ ।

झांग बिन्सेन्ग नाम गरेका ती युवा तीन महिनादेखि श्वास फेर्न कठिन भएपछी अस्पताल गएका थिए ।

डाक्टरका अनुसार एक दुर्घटनाका कारण उनको नाकमा दाँत आएको बताएका छन् । झांग १० वर्षको हुँदा उनी महलको तेश्रो तलाबाट खसेका थिए ।

त्यो बेला उनको दुइृवटा दाँत भाँचिएका थिए । तर एउटाको मात्र उपचार गएिको थियो । डाक्टरका अनुसार जरैसँग उखेल्नु पर्ने दाँतलाई भाँचिएपछि त्यत्तिकै छोडिदिँदा अहिले बढ्दै गएको हो ।

तर अहिले भने ३० वर्षीय झाँगको दाँत नाकबाट आधा घन्टा लामो समयको सर्जरी पछि डाक्टरले निकालिदिएका छन् ।