आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौंमा ३ महिलासहित पछिल्लो २४ घन्टामा कोरोनाबाट १४ जनाको मृत्यु (सूचीसहित)

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार १८:११ मा प्रकाशित (३ साल अघि) ३७६ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंका ३ महिलासहित देशभर १४ जनाको मृत्यु भएको जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।

मन्त्रालयका अनुसार कुन जिल्लामा कति ?

काठमाडौं: ८२, ६७ र २२ वर्षीया महिला
चितवन:  ३५ वर्षीया महिला
सप्तरी: ५५ वर्षीय २ पुरुष
धनुषा: ६५ वर्षीय पुरुष
कास्की: ३१ वर्षीय पुरुष
नवलपरासी: ३७ वर्षीय पुरुष
प्यूठान: ५८ वर्षीय पुरुष
रुपन्देही: ७८ वर्षीय पुरुष
पाल्पा: ६३ वर्षीय पुरुष
सुर्खेत: ४२ वर्षीय पुरुष

नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको जानकारी दिए ।