आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौंमा मात्र थपिए ३८६ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार १७:५८ मा प्रकाशित (३ साल अघि) २६१ पाठक संख्या

काठमाडौं- काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा थप ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका ४५४ जनामध्ये ३८६ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि हिजो काठमाडौंमा मात्र ३५७ जना संक्रमित थपिएका थिए

न्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले ज्यान गुमाएका १४ जनामध्ये काठमाडौंका ३ जना महिला रहेका छन् ।

उनीहरु २२, ६७ र ८२ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयलको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो हालसम्मकै सर्वाधिक संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।