आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको हाल सम्मको अवस्था यस्तो छ

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार १२:५८ मा प्रकाशित (३ साल अघि) ८१४ पाठक संख्या

काठमाडौं ,भाद्र १९।  गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका कोरोना संक्रमितको २०७७ भाद्र १८ गते सम्मको अवस्था सार्वजनिक गरेको छ ।

जस अनुसार हाल सम्म गोकर्णेश्वर नगरपालिकामा ९० जना पुरुष र ५२ जना महिला गरि कुल १४२ जना कोरोना संक्रमित रहेको जानकारी गराएको छ।  त्यसैगरि हाल सम्म नगरपालिकामा २६ जना पुरुष र १३ जना महिला गरि कुल ३९ जनाले कोरोना जितेर घर फर्किएका छ भने नगरपालिकामा १ जनाको कोरोनाका कारण मृत्य भएको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिकामा ६१ जना पुरुष र ४१ जना महिला गरि कुल १०२ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै ४७ जना पुरुष  र ३३ जना महिला गरि कुल ८० जना होम आइसोलेसनमा बसेको जानकारी गराएको  छ ।त्यसै गरि अस्पतालको आइसोलेसंमा १६ पुरुष र ६ जना महिला गरि कुल २२ जना रहेको जसमा २ जनाको अवस्था क्रिटिकल रहेको पनि जानकारी गराएको छ ।

त्यसैगरि हाल सम्म नगरपालिकाले ८६७ जनाको आर डीटि परिक्षण गरिएको र हाल लाइ आर डीटि परिक्षण रोकिएको पनि जानकारी गराएको छ भने नगरपालिकाले हाल सम्म ४०९ जना पुरुष र ४१० महिला गरि कुल ८१९ जनाको पिसीआर परिक्षण गरिएको पनि जानकारी गराएको छ ।

त्यसै गरि नगरपालिकाले हाल सम्म ८७८जनाको कन्ट्याक्ट ट्रेसिंग गरिएको जानकारी गराउदै उक्त कन्ट्याक्ट ट्रेसिंगको क्रममा २४ जना संक्रमित  भेटिएको पनि जानकारी गराइएको छ ।