आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा भोली जोरपाटीमा रक्तदान गर्दै

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार २२:०७ मा प्रकाशित (३ साल अघि) ४४५ पाठक संख्या

१८ भाद्र  / काठमाडौं –कारोना कहरका कारण देशभर रगतको अभाव हुन थालेपछि गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र  विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र जोरपाटी यूवा क्लब , गैरीगाँउ यूवा क्लबको सहकार्यमा भोली (शुक्रबार) रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

क्लबहरुले गोकर्णेश्वरको जोरपाटी चोकमा रक्तदान कार्यक्रम गर्न लागको गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दीपक लामाले जनकारी दिनु भएको हो ।  भोली(शुक्रबार)  आयोजित कार्यक्रम बिहान ८ बजे प्रारम्भ हुने लामाले जनाएको छ ।