आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार १६:३० मा प्रकाशित (३ साल अघि) ३१५ पाठक संख्या

१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो ।