आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौंको स्वरुप परिवर्तन गरिएको निषेधाज्ञा : भोलिदेखि के-के प्रतिबन्ध ? (सूचीसहित)

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार १९:२४ मा प्रकाशित (३ साल अघि) ११६६ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा आज मध्यरातदेखि स्वरुप परिवर्तन गरिएको निषेधाज्ञा लागू हुँदैछ । निर्माण क्षेत्रको कामसँगै विभिन्न प्रावधानमा परिवर्तन गरिएको छ । मजदुर वर्गमा परेको असर न्युनिकरण गर्नेगरी निषेधाज्ञालाई परिमार्जन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

जिअ दाहालका अनुसार अब विकास निर्माणको कामले तिब्रता पाउने छ । तर, स्वास्थ्य मापदण्डको भने पालना हुनुपर्नेछ । ‘होम डेलिभरी’ सेवालाई राहत पुग्नेगरी प्रावधान परिवर्तन गरिएको छ ।

उपत्यकामा आज मध्यरातदेखि सकिन लागेको निषेधाज्ञा भदौ २४ गतेसम्मका लागि थप गरिएको छ । पहिलो एकहप्ताको निषेधाज्ञाको समय १० गते सकिएपछि एक हप्ता थपिएको थियो । कोरोना संक्रमण बढेसँगै उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अप्नाइएको छ ।

हेर्नुस् के भयो परिवर्तन ?