आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र मासिक १०० अभियान नेपालले रक्तदान गर्दै

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार १९:०३ मा प्रकाशित (३ साल अघि) ३५३ पाठक संख्या

१७ भाद्र / काठमाडौं –कारोना कहरका कारण देशभर रगतको अभाव हुन थालेपछि गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र   विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र मासिक १०० अभियान नेपाल, आरुबारी हातेमालो युवा समुहको संयुक्त आयोजना र गोकर्णेश्वर न.पा.वडा नं ९ ,आरुबारीको सहयोगमा भाद्र २० गते शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

गोकर्णेश्वर न.पा.वडा नं ९ ,आरुबारी स्थित अरुणोदय माध्यामिक विधालयमा रक्तदान कार्यक्रम गर्न लागको मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेलले  जनकारी दिनु भएको हो । भाद्र २० गते शनिबार आयोजित कार्यक्रम विहान १० बजेदेखि १ बजे सम्म हुने पोखरेलले  जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न  समेत आयोजकहरुले आग्रह गरेका छन् ।