आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वर नगरपालिकाले कोरोना डेडीकेटेड सुरु गर्‍यो नि:शुल्क एम्बुलेन्स सेवा

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार १८:२३ मा प्रकाशित (३ साल अघि) ८२१ पाठक संख्या

काठमाडौं, भाद्र १७ ।  उपत्यका लगायत गोकर्णेश्वर नगरपालिका भित्र पनि कोरोना संक्रमितको संख्या  बढिरहेको अवस्थामा नेपाल मेडिकल कलेजको सहयोगमा  गोकर्णेश्वर नगरपालिकाले दुइ वटा एम्बुलेन्स संचालनमा ल्याएको छ । नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम र जोखिम नियन्त्रणका कोरोना संक्रमितहरुको लागि मात्र प्रयोगमा ल्याउने गरि एउटा र अर्को अन्य बिरामीहरुको लागि निशुल्क रुपमा प्रयोगमा ल्याउने गरि संचालन गर्न लागिएको नगरपालिकाका सल्लाहकार दिपक रिसालले बताए ।

 

कोहि कसैलाई कोरोना संक्रमणको लक्षण देखिदा साथ एम्बुलेन्स पाउन कठिन भईरहेको अवस्थामा नगरपालिकाले  क्षेत्र भित्र  त्यस्ता संक्रमित भएका ब्यक्तिहरुको लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गर्न लागिएको प्रष्ट पारे।

उनले केहि दिन अघि को घटना सुनाउदै एक जना संक्रमितलाइ उपचारको लागि अस्पताल लान एम्बुलेन्स व्यवस्थापनका लागि विभिन्न निकाय गुहारे पनि त्यो व्यवस्थापन हुन नसकेको जानकारी गराउदै सरकारले  हेल्पलाइन सेवा चौबीसै घण्टा उपलब्ध हुने उल्लेख  गरे पनि , चाहिएका बेला एम्बुलेन्स दिलाउने मामिलामा यो सुविधा समेत प्रभावकारी नभएको बिरामी तथा उनीहरूका आफन्तको गुनासो आएको जानकारी गराउदै त्यस्ता बिरामीहरुको लागि गोकर्णेश्वर नगरपालिकाले लागि बिना झन्झट निशुल्क एम्बुलेन्स  सेवा प्रदान गर्ने हेतुले एम्बुलेन्स संचालनमा ल्याएको जानकारी गराए। उनले कसैलाई एम्बुलेन्स चाहिएमा नगरपालिका वडा जनप्रतिनिधिहरुलाई सोझै  सम्पर्क गर्दा एम्बुलेन्स  सेवा उपलब्ध हुने पनि उनले बताए ।उनले उक्त एम्बुलेन्समा काम गर्ने चालकहरुलाई तालिम समेत प्रदान गरिसकेको जानकारी गराए ।

उनले गोकर्णेश्वर नगरपालिकाले नेपाल मेडिकल कलेज संग सहकार्य गरेर सय बेडको आइसोलेसन केन्द्र समेत स्थापना गरेको जानकारी गराउदै शहिद पार्क भित्र लायन्स क्लब संगको सहकार्यमा हाललाई ५३ शैयाको आइसोलेसन वार्ड समेत संचालनमा ल्याएको जानकारी गराए ।

आज एक कार्यक्रमका नगरपालिकाले संचालनमा ल्याउन लागेको कोभिड र ननकोभिड एम्बुलेन्सको बारेमा उनले जानकारी गराएका हुन्। सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी नगरपालिका स्वयं सेवक संयोजक दिपक लामा लगायतको उपस्थिति रहेको थियो।

त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले सो  एम्बुलेन्स संचालनमा आए पछि गोकर्णेश्वर नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे। उनले कोरोना संक्रमणको लक्षण देखिने बित्तिकै चालकहरु जान नमान्ने लगायतको समस्या रहेकोमा त्यसको अन्त्य हुने बिश्वास पनि ब्यक्त गरे ।उनले कोरोना संक्रमित र अन्य बिरामीलाइ एउटै एम्बुलेन्स बाट सेवा प्रवाह गर्दा जोखिम बढ्न सक्ने हुँदा कोरोना संक्रमितहरुको लागि छुट्टै कोरोना डेडीकेटेड एम्बुलेन्स संचालन गर्न लागिएको जानकारी गराए ।