आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र ३ क्लब सहित भोली जोरपाटी जुबि पेट्रोल पम्पमा रक्तदान गर्दै

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार १७:५७ मा प्रकाशित (३ साल अघि) ३८१ पाठक संख्या

१७ भाद्र / काठमाडौं –कारोना कहरका कारण देशभर रगतको अभाव हुन थालेपछि गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र  विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र सुन्दरटोल जागृत यूवा क्लब, मिलनचोक यूवा क्लब, Youth Of Gokarneshwor को सहकार्यमा भोली(विहीबार) रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

क्लबहरुले जोरपाटी स्थित जुबि पेट्रोल पम्प प्राङ्गणमा रक्तदान कार्यक्रम गर्न लागको गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दीपक लामाले जनकारी दिनु भएको हो ।  भोली(विहीबार)  आयोजित कार्यक्रम बिहान ८ बजे प्रारम्भ हुने लामाले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न  समेत आयोजकहरुले आग्रह गरेका छन् ।