आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ३८८ संक्रमित

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार १७:०२ मा प्रकाशित (३ साल अघि) ३१५ पाठक संख्या

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा३५०, ललितपुरमा २९ र भक्तपुरमा ९. जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।