आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौंमा रहेको केन्द्रीय कारागारमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार १४:०६ मा प्रकाशित (३ साल अघि) २९३ पाठक संख्या

काठमाडौं । काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागारमा एक कैदीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कञ्चनपुरबाट केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको र दीर्घ रोगीसमेत रहेका उनको मृत्यु भएको विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिएका छन् ।