आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं ५ को एक जना महिला ब्यापारीमा कोरोना संक्रमित भेटिएपछि विश्रान्ति तरकारी बजार बन्द

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार १५:३९ मा प्रकाशित (३ साल अघि) १८८१ पाठक संख्या

काठमाडौं भाद्र ९ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले  तरकारी बजार बन्द गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष नारायण बहादुर सुवेदी द्वारा जारी गरिएको उक्त सुचनामा भनिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित विश्रान्ति तरकारी बजारमा २०७७ साल भाद्र ७ गते त्यहा ब्यापार गर्ने एक जना महिला ब्यापारीमा कोरोना पोजेटिभ देखिएको र सो महिलालाई पाटन अस्पताल भर्ना गरि उपचार गराईरहेकोले निजको परिवार  सदस्यहरु तथा त्यहा ब्यापार गर्ने अन्य ब्यापारहरुको पनि कन्ट्रयाक्ट ट्र्सिंग गरि पिसीआर चेक गर्नु पर्ने भएकोले हाल सो बजार २०७७ साल भाद्र  १०  गते देखि २०७७ साल भाद्र १३ गते सम्म बन्द गराइने उल्लेख गरिएको छ। साथै सोहि सुचनामा पी सी आर टेष्टको रिपोर्ट आए पश्चात अवस्था हेरेर बजार संचालन गर्ने जानकारी समेत गराइएको छ ।आज  बिहान ८ बजे वडा  नम्बर ५ को कार्यलय जोरपाटीमा,गोकर्णेश्वर नगरपालिका स्वास्थ्य विभाग प्रमुख  हरि प्रसाद उपाध्यय,बौद्ध महानगरीय वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक  नवीन कार्की, वडा नं ५ अध्यक्ष  नारायण बहादुर सुवेदी,वडा नं ६ का  वडा अध्यक्ष  अध्यक्ष  रमेश अर्याल र बिश्रान्ती तरकारी तथा फलफुल बजार अध्यक्ष  छवि ओझाको संयुक्त बैठकले सो निर्णय गरेको हो।

 

साथै बैठक पश्चात विश्रान्ति फलफुल तथा तरकारी बजार जोरपाटी समेत सुचना जारी गर्दै कोरोना  महामारीको रुपमा फैलिएको यस अवस्थामा व्यवसायी तथा ग्राहकबर्गहरुको स्वास्थ्य रक्षाको लागि व्यवसायीहरुको कोभिड १९ कोरोना संक्रमण परिक्षण गर्नुपर्ने आवश्यकता द्केहिएको हुँदा सथानीय सरकारसंगको समन्वयमा व्यवसायीहरुको कोरोना परिक्षण गर्न लागिएको जानकारी गराएको छ साथै कोरोना परिक्षण बजारहाता भित्रनै गरिने बह्येको हुँदा सो कार्यका लागि २०७७ साल भाद्र १० गते देखि १२ गते सम्म बजार बाट सामानहरुको बिक्रि वितरण कार्य बन्द रहने पनि जानकारी गराएको छ ।