आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

यातायात मजदुर खल्तिमा लाइसेन्स बोकेर ज्यालादारी काम गर्दैछन्- राम कुमार गोले (विकास)

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार २०:२० मा प्रकाशित (३ साल अघि) ३६९ पाठक संख्या

अहिले नेपालमा कोरोना संक्रमण बढेसँगसँगै मजदुर साथीहरूको अवस्था अत्यन्तै नाजुक रहेको छ । अहिलेको अवस्था देशभरीका मजदुरहरूका लागि अत्यन्त दुःखदायी छ ।

अहिले हामीले एउटा मजदुर संगठनको प्रतिनिधिरूपमा काम गरिरहेका छौं तर हामीले कोरोनाबाट प्रभावित मजदुरहरूका लागि राहतका लागि पहल पनि नगरेको होइन । यति धेरै मजदुर अहिले प्रभावित हुनुहुन्छ कि हामी संघसंस्थाले भन्दा पनि मुख्यतया राज्यले मजदुरहरूका लागि राहतमा फोकस गर्नुपर्ने थियो तर राज्यले पनि गरेन । अहिले मजदुरका लागि राहत दिन राज्यले फोकस नगरेको अवस्था छ, राहत केही नपाएको अवस्था छ । मजदुरहरूको अवस्था नजिकबाट नियाल्दा अत्यन्त दुःखदायी छ ।

हामीले हाम्रो पहलमा जति सक्यौं, हामीले जति बुझ्यौं र जति जान्यौं त्यो हामीले मजदुर साथीहरूको हितमा गरेका छौं । अहिले राज्यले पनि एक ढङ्गले यातायात मजदुरहरूका लागि राहतका कामहरू गर्नुपथ्र्यो र अझै पनि गर्नु पर्छ भन्ने मेरो जोडदार माग रहेको छ । हामीले आफ्नो ठाउँमा पहल गरेर सामान्य रुपले मजदुर साथीहरूलाई धेरै नसके पनि थोरै साथीहरूलाई त्यो उपलब्ध गराउने काम भएको थियो । सबैले राहतका लागि प्रयास गरिरहेको समयमा हामीले पनि सहयोग जुटाउने पहल गरेका थियौं । तर ज्यादै थोरै सहयोग जुटेकोले अति आवश्यक भएका केही मजदुरहरूलाई मात्र सहयोग गर्न सकियो । अझै पनि राज्यले मजदुरको पक्षमा निर्णय लिन सक्नुपर्छ र यो निर्णय लिनका लागि राज्यले कसरी कुन तहबाट हुन्छ मजदुरको पक्षमा निर्णय लिनैपर्छ । अहिले मजदुर साथीहरू गोजीमा गाडी चलाउने लाइसेन्स बोकेर, यो कोरोना कहरको बिचमा आफ्नो लााइसेन्सलाई थाती राखेर, डकर्मी सिकर्मीको काम गर्न थाल्नु भएको छ । परिवार पाल्न गाहे भएपछि चिनेजानेका सम्वन्धको आधारमा ज्याला मजदुरी गर्नु पर्ने बाध्यता आएको छ । आफ्नो जुन सीप काम छ त्यसमा निरन्तरता दिन सक्ने वातावरण सरकारले बनाउन सक्नुपर्छ ।

राज्यबाट आउने राहतको कार्यक्रमलाई तीनै तहका सरकारले मजदुरसम्म तल ल्याउन सक्नुप¥यो । त्यो पनि ल्याउन सकेको छैन । राज्यले चार÷पाँच महिनाको अवधिभित्रमा दश अर्बको राहत वितरण गरेको भनेको छ । कहाँ लगेर १० अर्ब सिध्यायो भनेर कसैलाई थाह छैन । न वडा कार्यालयले राहत दिएको छ । न राज्यले उपयुक्त ढङ्गले मजदुरको छनौट गरेर मजदुरलाई, क्यालकुलेशन गरेर राहत दिएको छ । केही गरेको पनि थाहा छैन । गाउँठाउँमा हे¥यो भनें त्यस्तै अवस्था छ । काठमाडौँमा हे¥यो त्यस्तै अवस्था छ । दश अर्ब रुपियाँ सकियो भनेको छ, राज्यको कोष खर्च भयो भनेको छ, दश अर्ब रुपैंया कहाँ लगेर हालेको हो थाह भएन ।

कोरोनाको कारणले हाम्रो देशम अत्यन्तै कोरोना सङ्कट र संक्रमणको अवस्था छ । अझै पनि पुर्णरुपमा लकडाउन खुलिसकेको छैन । सटडाउनको नाममा आवागमन अझ कडाई हुँदैछ । दिनहुँ सयौंको संख्यामा मान्छे संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या पनि बढीरहेको छ । कहीँ मान्छे मरेको सात दिनपछि कोरोना पोजिटिभ भनेर आउँछ, कहीँ पाँच दिन पछाडि पोजिटिभ भनेर आउँछ । सरकारले कोरोना टेस्टलाई पनि तिव्रता दिनु आवश्यक छ । अहिले मजदुरी गरिराख्नुभएको मजदुर साथीहरुको पनि सरकारी निकायबाट, सरकारी तहबाट कोरोना टेस्ट गराउनु आवश्यक छ । कोरोनाको जोखिममा सबैभन्दा बढी मजदुर वर्ग पर्ने भएकोले यसको लागि समाधानको बलियो खाका बनाउनु पर्ने मेरो धारणा हो । राज्य संयन्त्रमा माथि बसेका मन्त्रि, सांसद, सचिवहरूको कोरोना टेस्ट हुने तर यहाँ तल्लो फिल्डमा बसेको जनताको माझमा काम गर्ने एउटा मजदुरको, एउटा चालकको, सहचालकको कोरोना टेस्ट नगराउने भए यस्ले नेपालमा कोरोना संक्रमणलाई अझ बढी भयावह स्थिति ल्याउन सक्छ भन्ने तर्फ राज्य सञ्चालकहरूको ध्यान जान जरुरी छ ।

अहिले मजदुरको पक्षमा आवाज उठे पनि राज्यले खासै सुनेको छैन । यस क्षेत्रमा इकाई स्थापना गरेको छोटो अवधिमा हामीले धेरै काम गरेका छौं । अहिले पनि मजदुरको पक्षमा कहाँ के बोल्नुपर्ने, कहाँ लड्नुपर्ने अझै पनि तयार छौं । अन्त्यमा, राज्यले सही ढङ्गमा मजदुरको पक्षमा मजदुरको विश्वास लिन सकोस् । पिडित मजदुरहरूलाई राहत, आर्थिक प्रोत्साहन प्याकेज ल्याओस् । देशमा अहिले राजनीति खिचातानी र कोरोनाले निम्त्याएको संकटले जनतालाई धेरै दुःखी बनाएको छ । जनताको अविभावक सरकार हो । सरकारले जनतालाई संकटको यो घडिमा मन खोलेर सहयोग गरोस् । देशका जनता, मजदुरलाई पनि सरकार भएको अनुभूति हुने गरी सहयोग होस् भन्ने मेरो चाहना छ ।

  • (नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठन, नारायणटार इकाई ) – सल्लाहकार

 

मजदुरीको बोली लिएर छिट्टै आउदैछौं …….

मजदुरीको बोली लिएर छिट्टै आउदैछौं …..

Posted by Gokarneshwor Khabar- गोकर्णेश्वर खबर on Friday, August 14, 2020