आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

लाइन्स क्लबस इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले ५० शैयाका आइसोलेसन वार्ड संचालनमा ल्याउदै

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार २०:५१ मा प्रकाशित (३ साल अघि) ११४५ पाठक संख्या

नेपालमा बढ्दो  कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उचित उपचारका लागि लाइन्स क्लबस इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १  नेपालले गोकर्णेश्वर नगरपालिका संगको सहर्कायमा ,गोकर्ण स्थित राष्ट्रिय शहिद तथा शान्तिपार्क भित्र रहेको भवनमा ५० शैयाका आइसोलेसन वार्ड संचालनमा ल्याउने तयारी गरेको छ।

उक्त कार्यकालागि हाल लायन्स क्लब इन्टरनेसनल जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला,  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का बर्तमान डिस्ट्रिक गभर्नर लायन  टंक बहादुर श्रेष्ठ , र पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन लायन अन्नत प्रसाद भेटुवाल सहित  टिम द्वारा स्थलगत रुपमा  उक्त  सामुदायिक भवनको सम्भाव्यता अध्ययन  गरेका हुन् ।

हाललाई ५० शैयावाट शुरु गर्न लागिएको उक्त आइसोलेसन वार्ड लाई आवश्यकता अनुशार ९० शैया सम्म विस्तार गर्न सकिने जानकारी लायन्स क्लबका जी एम टि डिस्ट्रिक कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ ज्युले दिनुभयो ।

साथै उक्त कार्यका लागि गोकर्णेश्वर नगरपालिका र  लाइन्स क्लबस इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १  नेपाल बिच समन्य गराउनका लागि लाइन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका  पास्ट प्रेसिडेन्ट लायन राज कृष्ण श्रेष्ठ ज्युले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।