आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

महानिरीक्षक खनालद्धारा मातहत विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार २२:०२ मा प्रकाशित (३ साल अघि) १९३ पाठक संख्या

काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत विभागीय प्रमुख र बाहिनीपतिहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच महानिरीक्षक खनालले विभागिय प्रमुखहरु एवं बाहिनीपतिहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका हुन् ।

पाल सरकारद्धारा अख्तियार गरिएका नीति अनुसार सरकारका सम्पूर्ण अंगहरुलाई अझ बढी प्रभावकारी¸ जिम्मेवार¸ जवाफदेही तथा लक्ष्य केन्द्रित बनाउन कार्यालय प्रमुखहरुले तालुक कार्यालय प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने प्रचलन भए अनुरुप यस अघि महानिरीक्षक खनालले गृह सचिव महेश्‍वर न्यौपानेसँग सो सम्झौता गरी सकेका छन् ।

सो कार्यक्रममा निर्देशन दिँदै महानिरीक्षक खनालले सांगठनिक लक्ष्य प्राप्‍तीको लागि कार्य योजनाले मार्ग निर्देशन गर्ने भएकोले त्यही अनुसार आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्नु हुनेछ भन्‍ने विश्‍वास लिएको बताए ।

यस प्रकारले कार्य सम्पादन सम्झौता विभागिय प्रमुखहरु र बाहिनीपतिहरुको क्षमता र कार्य दक्षताको परीक्षा समेत भएको बताउँदै महानिरीक्षक खनालले सीमा सुरक्षार्थ थप केगर्न सकिन्छ भन्‍ने बारेमा कार्य योजना बनाउन समेत निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रत्येक बाहिनीले स्थापना गर्नु पर्ने बि.ओ.पि.समयमानै स्थापना गर्नु पर्ने¸ कोभिड-19 संक्रमण रोकथाम र नियन्त्रण गर्न अहोरात्र परिचालित राष्ट्रसेवकहरुको समयमानै अदली-बदली¸ आवश्यक सुरक्षात्मक उपाय अपनाउन तथा मातहत कर्मचारीको गुनासोलाई उचित सम्बोधन गर्न निर्दशन दिए।

कार्यसम्पादन सम्झौताले कर्मचारीलाई आफ्नो जिम्मेवारी र उत्तरदायित्व पुरा गर्न सदैव झकझकाउने र यसैलाई आधारमानी कर्मचारीले आफ्नो स्व: मुल्याड्ढन समेत गर्न सक्ने महानिरीक्षक खनालले बताए ।

सोही अवसरमा संगठन प्रति नेपाल सरकार र नेपाली जनताबाट गरिएको आशा¸ विश्‍वास र भरोसालाई कायम राख्‍न सिमित श्रोत साधनका बावजुद कोभिड-19 संक्रमण रोकथाम र नियन्त्रणमा अहोरात्र परिचालित राष्ट्रसेवकहरुको उच्च प्रशंसा गर्नुहुदैं कार्य सम्पादनको क्रममा देखीएका कमी कमजोरीलाई सच्याउदैं आगामी दिनमा समेत त्रुटीरहित ढंगबाट तनमन र बचनका साथ अहोरात्र परिचालित भई जिम्मेवारी निर्वाह गर्न समेत निर्देशन दिए ।