आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सभापति देउवाद्वारा बेपत्ता व्यक्तिको चाँडो उद्धार गर्न माग

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार २१:२१ मा प्रकाशित (३ साल अघि) २५३ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरामा परी बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालीकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरामा परी बेपत्ता व्यक्तिको उद्धार गर्न सरकारसँग माग गरेका छन् । साथै घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन पनि अनुरोध गरिएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले पहिरामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पहिराका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि उहाँले सरकारसँग माग गरेका छन् । रासस