आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको शव भेटियो, बेपत्ताहरुको सेनाद्वारा खोजी जारी (फोटो फिचर)

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार २१:०५ मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

काठमाडौं- नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परि पुरिएकाहरुको उद्धार तथा खोजी जारी राखेको छ ।

नेपाली सेनाका अनुसार पहिरोमा बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला परेको छ ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराईरहेका २७ जनाको खोजी जारी राखेको छ ।आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकोप्टरद्वारा राहत सामग्री पुर्‍याएको छ ।