आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

लायन्स क्लबद्वारा गोकर्णेश्वरको सुन्दरीजल बिपि चोकमा जुस बितरण गर्दै

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार २२:३४ मा प्रकाशित (३ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल बिपि चोकमा लायन्स क्लब द्वारा संयुक्त रुपमा जुस बितरण कार्यक्रम गर्ने भएको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित ५४ वटा लायन्स क्लब र लियो क्लबको संयुक्त आयोजनामा बृहत जुस बितरण कार्यक्रम गर्ने भएको छ ।

श्रावण २१ गते बुधबार दिनको १:०० बजे गोकर्णेश्वर नगरपालिका सुन्दरीजल बिपि चोकमा हुने लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन सुमन तिवारीले जनकारी दिनु भएको छ ।