आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

लायन्स क्लबद्वारा सुन्ताखानका पहिरो जोखिम क्षेत्रमा वृक्षारोपण

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार २३:२० मा प्रकाशित (३ साल अघि) ६२८ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा लायन्स क्लब द्वारा वृक्षारोपण गरिएको छ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सिम्रिक सहित १५ वटा लायन्स क्लब र दुइ वटा लियो क्लबको संयुक्त आयोजनामा बृहत बृक्षारोपण गरिएको छ ।श्रावण १७ गते शनिबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा पहिरोको जोखिम रहेको क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

हरियाली प्रवर्दन गर्ने उदेश्य सहित लायन्स क्लब अफ काठमाडौं सिम्रिक सहित लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर ,लायन्स क्लब अफ काठमाडौं मनहरा, लायन्स क्लब अफ काठमाडौं डाँफे, लायन्स क्लब अफ काठमाडौं एस एम एस , लायन्स क्लब अफ काठमाडौं गौतम बुद्द, लायन्स क्लब अफ काठमाडौं स्टार ,लायन्स क्लब अफ काठमाडौं युनिभर्सल ,लायन्स क्लब अफ काठमाडौं ग्लोबल , लायन्स क्लब अफ काठमाडौं गुप्ती गणेश ,लायन्स क्लब अफ काठमाडौं एकेडेमिक, लायन्स क्लब अफ काठमाडौं बागमती नर्थ, लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथ, लायन्स क्लब अफ काठमाडौं साँखु, लायन्स क्लब अफ काइन्डनेस रदुइ वटा लियो क्लब लियो क्लब अफ सिम्रिक र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरले संयुक्त रुपमा उक्त क्षेत्रमा करिब ५ सय वटा बिभिन्न प्रजातिका बिरुवा रोपिएको जी एम टि लायन धर्म शरण श्रेष्ठले बताए ।

सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, डिस्ट्रिक सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ, ,चिफ एओजी लायन बिष्णु भाइ श्रेष्ठ , जी एम टि धर्मशरण श्रेष्ठ, एरिया कोर्डिनेटर लायन, पेमा छिरी शेर्पा लगायत एरिया लिडर जोन चियरपर्सन , डिस्ट्रिक चियरपर्सन तथा आयोजक संस्थाका पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

लायन वर्ष २०२-०२१ मा डिस्ट्रिकले वृक्षारोपण कार्यक्रमलाइ प्राथमिकता साथ् अघि सारेको छ ।सोहि अनुरुप बिभिन्न लायन्स क्लबहरुले डिस्ट्रिकको आव्हान अनुसार वृक्षारोपण कार्यक्रमलाइ अगाडी बढाईरहेका छन् ।कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले वृक्षारोपण पछि पनि वृक्षको संरक्षण गर्न क्लव र स्थानियलाई आग्रह गरेका थिए ।स्वच्छ वातावर का लागि विरुवा आवश्यक रहेकोमा जोड दिदै रोपिएको बिरुवा संरक्षणको दायित्व सबैको भएको हुदा यसमा स्थानियको चासो उत्तिकै हुनु पर्नेमा जोड दिएका थिए ।