आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पेट्रोल नपाएको झोकमा पम्पका म्यानेजर र क्यासियरको कोठाको गोमन सर्प छाडेपछि…

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार १३:२२ मा प्रकाशित (३ साल अघि) १०४५ पाठक संख्या

एजेन्सी – कोहि मानिसले कुनै पनि सामग्री बेच्न इन्कार गर्यो भने के गर्नुहुन्छ ? केहि रिस त उठ्ला तर उसलाई हानी पुर्याउनुको सट्टा अर्को पसलबाट सामान किन्न गइएला । तर के कोहि मानिसले सामान बेच्न इन्कार गर्यो भने उसको कोठामा सर्प छाडेर कोहि भाग्ला ? लकडाउनका बीचमा यस्तै एक अनौठो घटना भएको छ, भारतमा ।

भारतको महाराष्ट्र प्रदेशको बुलढाणामा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । बुलढाणाको एक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन आएका दुइ युवकले पम्पका म्यानेजर र क्यासियरको कोठामा सर्प छाडेर भागेका छन् । सर्पलाई कोठामा देखनासाथ पेट्रोलपम्प भागदौड मच्चिएको थियो । पछि स्थानिय सपेरालाई बोलाएर सर्प नियन्त्रणमा लिइएको थियो ।

बुलढाणा मलकापुर सकडमा रहेको चौधरी पेट्रोल पम्पमा गत मंगलवार साझँ दुई युवक बोतलमा पेट्रोल लिन आए । तर भारत सरकारले तोकेको समयपछि पेट्रोल लिन आएको भन्दै पेट्रोल अस्विकार गरे ।

तब ती युवाले पेट्रोल नपाएको झोकमा पम्पका म्यानेजर र क्यासियरको कोठाको गोमन सर्प छाडेर भागे । सर्प छाडेर भागेको भिडियो पम्प सीसीटीभीमा रेकर्ड भएको छ ।

सर्प छाडेर भाग्ने दुबै युवा सपेरा भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिसको झोँकमा उनीहरुले आफुसित रहेको सर्प छाडेर भागेका थिए । पेट्रोल पम्प मालिक सारिका कैलास चौधरीले युवाविरुद्ध कारबाहिको माग गरेका छन् ।