आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

१७ लायन्स क्लबद्वारा सयुक्त रुपमा भोली सुन्ताखानमा वृक्षारोपण गर्दै

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार २०:०२ मा प्रकाशित (३ साल अघि) ५४६ पाठक संख्या

काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लबहरुले सयुक्त रुपमा वृक्षारोपण गर्ने भएका छन् ।

करिब १७ क्लबको आयोजनामा साउन १७( भोली ) गते गोकर्णेश्वर नगरपालिका वडा ३ सुन्ताखानमा वुक्षारोपण गर्न लागेको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन सुमन तिवारी ले जानकारी दिए ।

उनका अनुसार वृक्षारोपण भोली (शनिवार) बिहान ७ बजे देखि सुरु हुने छ ।

प्रेसिडेन्ट लायन तिवारीले वृक्षारोपण कार्यक्रममा लायन्स लिडर तथा लायन्ससँग विभिन्न तवरले जोडिएका साथीहरुलाई सहभागी भई वृक्षारोपण कार्यक्रम भव्य बनाउन समेत अपिल गरेका छन् ।