आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

दार्चुलामा पहिरोमा पुरिएर दम्पतीको मृत्यु, छोरा भागेर बाँचे

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार १८:५१ मा प्रकाशित (३ साल अघि) २९१ पाठक संख्या

कैलाली -दार्चुलामा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती इन्द्रा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबार राति पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका थिए । पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनील जोशी भने बाँच्न सफल भए ।

सुनिलले नै प्रहरीलाई पहिरोले घर पुरेको खबर गरेका थिए । प्रहरीले मंगलबार बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी गरेको थियो ।

‘अहिले दुबै जनाको शव फेला परेको छ’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले भने ‘पहिरोले केहि चौपाया समेत मरे ।’