आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

गोकर्णेश्वर खबर१० श्रावण २०७७, शनिबार १८:०६ मा प्रकाशित (३ साल अघि) २५० पाठक संख्या

काठमाडौं  -नेपालमा शनिबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमित किशोरीको शुक्रबार मृत्यु भएको हो । बाराकी १७ वर्षीया किशोरीको शुक्रबार नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।