आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौं उपत्यकामा आज थप १० जनामा कोरोना संक्रमण 

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १७:४७ मा प्रकाशित (३ साल अघि) ७१६ पाठक संख्या

काठमाडौं – काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ९८७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा १३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोना पुष्टि हुनेको जम्मा संख्या १८ हजार ३७४ पुगेको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ भने हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १९ हजार ४४४ छ।

पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन्। हालसम्म १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।