आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४४ पुग्यो

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १४:०७ मा प्रकाशित (३ साल अघि) २७० पाठक संख्या

वीरगञ्ज – वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।