आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपालमा एकैदिन ६०९ जना कोरोनामुक्त,निको हुनेको संख्या १२,४७७ पुग्यो

गोकर्णेश्वर खबर६ श्रावण २०७७, मंगलवार १७:०४ मा प्रकाशित (३ साल अघि) ६७७ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

त्यस्तै नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।