आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर५ श्रावण २०७७, सोमबार १७:१० मा प्रकाशित (३ साल अघि) ३२२ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७३ जना निको भएर घर फकिएका छन् । यो सहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन्।