आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गागलफेदीमा पहिरो: २२ वर्षीय युवकको मत्यु

गोकर्णेश्वर खबर५ श्रावण २०७७, सोमबार १४:१३ मा प्रकाशित (३ साल अघि) २७८ पाठक संख्या

काठमाडौं – काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । ‘सँगै हिँडिरहेका वेला उनी खोल्सातिर गएछन्’, गजुरेलले भने, ‘त्यति नै वेला माथिबाट पहिरो आएर थिचेछ । कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।’

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।