आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ६५८ पुग्याे

गोकर्णेश्वर खबर४ श्रावण २०७७, आईतवार १८:०१ मा प्रकाशित (३ साल अघि) २६९ पाठक संख्या

४ साउन, काठमाडाैँ । आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७४१ वटा पीसीआर परीक्षणमा १५६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ८३०, प्रदेश नम्बर २ मा ४ हजार ५५१, बागमती प्रदेशमा ८५६ र गण्डकी प्रदेशमा १ हजार ३८१ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १७२, कर्णाली प्रदेशमा १ हजार ८१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार ५८ सहित अहिलेसम्म ११ हजार ६९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । अहिले देशभरीका क्वारेन्टिनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।