आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

अमेरिकामा एकै दिन ६८ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०७:३४ मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

२ साउन, काठमाडौं । अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । यसैगरी गत २४ घण्टामा अमेरिकामा ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ ।

यसैगरी मृतकको संख्या १ लाख ३८ हजार २६७ छ ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित लसएन्जलसमा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको ड्यास बोर्डमा उल्लेख छ ।