आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि, फेरि थपिए २७ हजारभन्दा बढी संक्रमित

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार ०७:१७ मा प्रकाशित (३ साल अघि) ३१२ पाठक संख्या

काठमाडौं – भारतमा चार दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएकोमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८५७ छ ।

बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८ तथा आज आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ ।