आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार १०:३६ मा प्रकाशित (३ साल अघि) २२१ पाठक संख्या

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ६१ हजार ८४८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ पुगेको छ ।

विहीबार बिहानसम्म १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८९० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १३ लाख ९२ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १६ लाख ३१ हजार ३९१ जनामध्ये १५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ ।