आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

अमेरिकामा एकै दिन ५५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार ०७:४७ मा प्रकाशित (३ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५५ हजार २६२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ९६ हजार ९०४ पुगेको छ ।

बुधबार बिहानसम्म १ लाख ३३ हजार ९७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९९२ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १३ लाख ५४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १६ लाख ८ हजार ७० जनामध्ये १५ हजार  ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।